23.1 C
Nepal
Wednesday, October 23, 2024

एनएमबि लघुवित्तको नाफा ८९.८०%ले घट्यो कारण खराब कर्जा

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.८० प्रतिशतले कम हो।

संस्थाको सञ्चालन मुनाफा ९० प्रतिशतले घटेर १ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ भने संस्थाको खुद ब्याज आम्दानी पनि २५.८५ प्रतिशतले घटेर २५ करोड ९६ लाख रुपैयाँ भएको छ।

संस्थाको रिजर्भको आकार २८.०७ प्रतिशतले बढेर २२ करोड ७८ लाख रुपैयाँ भएको हो भने संस्थाको खराब कर्जा अनुपात बढेर ८.९७ प्रतिशत पुगेको छ।

संस्थाको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १७.२० रुपैयाँबाट घटेर १.७५ रुपैयाँमा झरेको छ। पीई रेसियो ३३५.६३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६४.७३ रुपैयाँ रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here