22.7 C
Nepal
Monday, October 27, 2025

सेयरधनीहरुको खातामा सपोर्ट लघुवित्तको १३.७७५% बोनस सेयर जम्मा

spot_imgspot_imgspot_img

सपोर्ट लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गराएको छ। संस्थाको गत पुस ६ गते सम्पन्न १०औं वार्षिक साधारणसभाबाट पारित १३.७७५ प्रतिशत बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएको हो।

सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङका अनुसार उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।

यस्तै, गत मंसिर १४ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको छ। उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरूको हकमा भने क्रमशः जम्मा गरिनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here