21.4 C
Nepal
Wednesday, March 12, 2025

सिनर्जी पावरको नाफा २९.०३% ले बढ्यो

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार, कम्पनीको नाफा सामान्य रूपमा वृद्धि भएको छ। कम्पनीले ४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.०३ प्रतिशतले बढी हो। अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ३ करोड ४८ लाख रुपैयाँ थियो।

विद्युत बिक्रीबाट हुने आम्दानी भने ५.२५ प्रतिशतले घटेर ११ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। तर, कम्पनीले खर्चमा कटौती गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ६१ लाख रुपैयाँ रहेको कुल खर्च घटेर ५ करोड ८६ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको रिजर्भ कोष २७.७३ प्रतिशतले वृद्धि भई १४ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७.४३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३८.५५ रुपैयाँ, मूल्य-आम्दानी अनुपात ४४.८० गुणा तथा तरलता अनुपात १.६७ प्रतिशत कायम भएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here