12.8 C
Nepal
Monday, February 10, 2025

यो वर्ष नेपाल बैंकका सेयरधनीको हात खाली हुने

नेपाल बैंक लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । बैंकले गत आवका लागि लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।

पुस २९ गते साँझ ६ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको थियो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने साथै लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here