12.8 C
Nepal
Monday, February 10, 2025

माघका लागि नयाँ ब्याजदर घोषणा, अधिकांश बैंकको ब्याजदर स्थिर

वाणिज्य बैंकहरूले माघ महीनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले अघिल्लो महिनाकै ब्याजदर प्रदान गरेका छन ।

तथ्याङ्कअनुसार २० मध्ये १७ वटा वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका हुन ।

माघमा सिटिजन्स, ग्लोबल आइएमई, नबिल, कुमारी, माछापुच्छ्रे बैंकले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यसैगरी सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र एनआइसी एशिया बैंकले पनि पुसकै ब्याजदरलाई माघ महिनामा पनि कायम गरेका छन् ।

नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशत कायम गरेको छ। लक्ष्मी सनराइजले अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here