25.2 C
Nepal
Wednesday, February 5, 2025

सिटिजन्स बैंकको करिब ५० हजार कित्ता संस्थापकसेयर बिक्रीमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।

बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सेयरको न्यूनतम मूल्य १०२ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here