17.9 C
Nepal
Monday, December 23, 2024

नेपाल हाईड्रो डेभलोपरको सेयरमूल्य समायोजन

नेपाल हाईड्रो डेभलोपर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६८७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७४२ रुपैयाँ कायम थियो ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश आगामी पुस २५ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीको साधारण सभाबाट पारिर गरी वितरण गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here