आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँ भएको छ ।