11 C
Nepal
Monday, January 20, 2025

प्रभु केवलकारले शतप्रतिशत हकप्रद जारी गर्ने

प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी मंसिर २९ गतेदेखि शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेृको हो ।

कम्पनीले निष्कासन गर्ने रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रदमा माघ ४ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

यो हकप्रदका लागि काठमाण्डौको तिनकुनेमा रहेको कम्पनीको कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनको समेत तयारी गरिरहेको छ । कम्पनीले ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले कुमारी क्यापिटल लाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here