8.5 C
Nepal
Friday, January 17, 2025

सोल्टी होटलको सेयरमूल्य समायोजन

सोल्टी होटल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१८.१८ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५७० रुपैयाँ कायम थियो ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र २६.४ प्रतिशत नगद(करसहित) गरी कुल ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । यो लाभांश कम्पनीको आगामी पुस ४ गते आयोजना हुने साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here