19.2 C
Nepal
Thursday, October 24, 2024

एलआईसी नेपालमा आजसम्म कायम सेयरधनीले हकप्रद पाउने

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरुले लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडको हकप्रद पाउने भएका छन् ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि भोलि(कात्तिक ९ गते)एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुन आजसम्म सेयरधनी बनीसक्नुपर्नेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १ः०.०.८८४५१६८ अनुपातमा हकप्रद निष्कासन गर्नेछ ।

गत असोज १४ गते कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको थियो ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here