19.2 C
Nepal
Thursday, October 24, 2024

नेपाल फाइनान्स २.४० करोड घाटामा, बित्तिय अवस्था खराब !

नेपाल फाइनान्स लिमिटेडको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी २ करोड ४० लाख रुपैयाँ घाटामा गएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा पनि कम्पनी २ करोड २ लाख रुपैयाँ घाटामा थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने ९०.०५ प्रतिशतले वढेर २ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी घटेर ६० लाख ८८ हजार रुपैयाँ मात्र भएको छ ।

यस्तै कम्पनीको सञ्चालन नाफा पनि २ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल शुल्क तथा कमिशन आम्दानी बढेको छ । कम्पनीले पहिलो त्रैमाससम्म ३८ लाख ३४ हजार रुपैयाँबराबरको कुल शुल्क तथा सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५८.४० प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि २ लाख ८८ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको वितरणयोग्य मुनाफा भने २५ करोड ७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ २५ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेकोमा रिजर्भको आकार भने ७.०४ प्रतिशतले बढेर ४६ करोड १३ लाख रुपैयाँबराबर पुगेको छ । यो अवधिसम्म २ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब १६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात पनि घटेको छ । अघिल्लो आवमा ११.७५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १०.३६ प्रतिशतमा झरेको छ ।

त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.२९ रुपैयाँ ऋणात्मक, पीई अनुपात ४३९.५९ गुणा ऋणात्मक,प्रतिसेयर नेटवर्थ १३५.८६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५७९.१२ रुपैयाँ र तरलता अनुपात ४८.७१ प्रतिशत छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here