९ वटा बीमा कम्पनीले पुजी बढाउन हकप्रद निस्कासन गर्ने भएका छन् । धितोपत्र बोर्डमा हकप्रद निष्कासनको अनुमति माग्ने ९ वटा बीमा कम्पनीमध्ये एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्सले अनुमती प्राप्त गरिसकेका छन ।
एलआइसी नेपालले ८८.४५ प्रतिशत अर्थात् १ः०.८८ अनुपातमा र एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत अर्थात् १०ः६.६ अनुपातमा हकप्रद निष्कासन गर्ने भएका छन ।
धितोपत्र बोर्डको पाइपलाइनमा ३ वटा जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनी छन् ।
जीवन बीमातर्फ सन नेपाल लाइफले १ः०.२७ को अनुपातमा , एशियन लाइफ इन्स्योरेन्सले १ः०.४२ अनुपातमा अर्थात् चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कायम चुक्तापुँजीको १७ प्रतिशत अर्थात् १ः०.१७ अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको छ ।
यता निर्जीवनतर्फ ५ वटा कम्पनीले हकपद निष्कासनको अनुमति मागेका छन् । नेको इन्स्योरेन्सले कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा, प्रभु इन्स्योरेन्सले पनि कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात् १ः०.५०१५ अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको छ ।
त्यस्तै नेपाल इन्स्योरेन्सले हाल कायम चुक्तापुँजीको ४० प्रतिशत अर्थात १०ः४ अनुपातमा र युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद निष्कासनको लागि बोर्डसँग अनुमति माग गरेको छ ।