18.5 C
Nepal
Tuesday, October 15, 2024

हालसम्मकै सबैभन्दा ठूलो आईपीओ भारतमा खुल्ला, १४ करोड भन्दा बढी कित्ता सेयर आउने- २७ हजार करोड भारु उठाउने

कोरियाली कार निर्माता हुन्डाई मोटर इन्डियाले आजबाट आईपीओ निस्कासन खुल्ला गरेको छ । यो आइपिओ भारतकै सबैभन्दा ठूलो आईपीओ हो । यसअघि २० हजार ५५७ करोड भारु बराबरको आईपीओ निष्कासन गरेको एलआईसीको नाममा सबैभन्दा ठुलो आइपिओको रेकर्ड थियो हुन्डाईले २७ हजार ८५६ करोड भारु बराबरको आइपिओ निस्कासन गरेको थियो ।

तर हालसम्म ६ वटा ठुला आईपीओ मध्ये ५ वटा नकारात्मक प्रतिफल दिएको बताईएको छ ।

लगानीकर्ताले अक्टोबर १७ गतेसम्म हुन्डाई मोटर इन्डिया लिमिटेडको आईपीओमा आबेदन दिन सक्नेछन् । कम्पनीको सेयर २२ अक्टोबरमा बम्बई स्टक एक्सचेन्ज (बीएसई) र नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा सूचीबद्ध हुनेछ ।

कम्पनीले आइपिओ मार्फत २७ हजार ८७० करोड भारु उठाउने लक्ष्य राखेको छ । कम्पनीका विद्यमान लगानीकर्ताहरूले अफर फर सेल अर्थात् ओएफएसमार्फत २७ हजार ८७० करोड भारुबराबरको १४ करोड २१ लाख ९४ हजार ७०० कित्ता सेयर बिक्री गरिरहेका छन् ।

हुन्डाई मोटर इन्डिया लिमिटेडले आईपीओको प्राइस ब्यान्ड १८६५ भारुदेखि १९६० सम्म तोकेको छ। खुद्रा लगानीकर्ताले कम्तीमा एक लट अर्थात ७ वटा सेयरको लागि बोलपत्र गर्न सक्नेछन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here