लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असोज २३ गते हकप्रद निष्कासनको अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद निष्कासनको लागि स्वीकृति दिएको छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।