18.5 C
Nepal
Tuesday, October 15, 2024

१६ हजार कित्ता महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १६ हजार ४१० कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा राखेको छ ।

सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संस्थाले आवेदन दिन सक्नेछन् । यस अघि गत असार ११ गते ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकबाट खरिद बावेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

सेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here