23.7 C
Nepal
Friday, September 20, 2024

आजबाट अपर तामाकोशीमा आन्दोलन, दोलखाबासी कर्मचारीमाथि विभेद !

अपर तामाकोशी हाइडोपावर लिमीटेडमा कार्यरत दोलखा जिल्लाबासी स्थानीय करार कर्मचारी संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । आफ्ना माग पूरा नभएको भन्दै समितिले आन्दोलनको तयारी गरेको हो ।

जिल्लाबासी स्थानीय करार कर्मचारी र जिल्लाबाहिरका कर्मचारीहरुलाई कम्पनीले उपलब्ध गराउने सेवासुविधामा विभेद गरिएको भन्दै संघर्ष समितिले विभिन्न माग राखी व्यवस्थापनलाई भदौ २८ देखि असोज ३ गतेसम्मको समयसीमा दिएको थियो । सो समयसीमाभित्र पनि आफ्ना माग पूरा नभएपछि संघर्ष समितिले असोज ४ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघर्ष समितिले असोज ४ गतेदेखि ५ गतेसम्म शान्तिपूर्ण धर्ना दिनेछ । पावर प्लान्ट सञ्चालनमा समितिले कुनै अबरोध गर्ने छैन तर असोज ६ गतेदेखि भने माग पूरा नभएसम्म कम्पनीको सवारी साधन सञ्चालनमा रोक लगाइने संघर्ष समितिले जनाएको छ ।

दोलखा जिल्लाबासी र जिल्ला बाहिरका कर्मचारीहरुले पाउने सेवासुविधामा समानताका हुनुपर्ने माग राखिएको छ ।

समितिले दोलखा जिल्लाबासी केही कर्मचारीहरुको हालै कटौती गरिएको खाईपाई आएको सेवासुविधाको समेत सोधभर्नासहित कटौति गरेको सेवासुविधा उपलब्ध गराउनुपर्ने माग राखेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here