22.6 C
Nepal
Friday, October 17, 2025

हकप्रद जारी गर्ने मुख्य अजेण्डा सहित बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा

spot_imgspot_imgspot_img

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले नवौं बार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभा आगामी असोज १८ गते शुक्रबारका दिन काठमाण्डौको कलंकीमा रहेको गौरव इभेन्ट्समा बिहान ८ बजेदेखि आयोजना हुनेछ । सभामा हकप्रद जारी गर्ने र यसका लागि आईपर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात र सोहि मितिमा समाप्त आव २०८०/८१ को नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असोज १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here