22 C
Nepal
Friday, October 18, 2024

प्रोग्रेशिभ फाइनान्सको २ लाख कित्ता बढी संस्थापक सेयर लीलाम बिक्रीमा

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर लीलाम बिक्रीमा राखिएको छ । कम्पनीले एक सूचना जारी गर्दै २ लाख १ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । खरिद आवेदन कम्पनीको सञ्चालक समितिसमक्ष पेश गर्नु पर्नेछ ।

उक्त अवधिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here