15 C
Nepal
Wednesday, October 16, 2024

कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सकले रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौं पठाइएको हो ।

उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा पठाइएको हो । सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले ब्रिफिङ गरेका छन् ।

नागरिकता कसुरमा १६ वैशाखमा धनुषा प्रहरीमा दिएको जाहेरीको आधारमा पक्राउ परेका सिरोहियालाई सोमबार तेस्रोपटक धनुषा जिल्ला अदालतले थप ३ दिनको म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here