16.3 C
Nepal
Wednesday, October 29, 2025

आइएमई लाइफद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रु. १० लाख सहयोग

spot_imgspot_imgspot_img

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितलाई उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

कम्पनीले गत कात्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत पुगोस् भन्ने उद्देश्यले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो।

भूकम्पपीडित परिवारप्रति समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरी सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here