9.1 C
Nepal
Sunday, December 22, 2024

१.१५ लाख बढी कित्ता कुमारी बैंकको सेयर बिक्रीमा

कुमारी बैंकले आफ्नो १ लाख १५ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ।

बैंकले संस्थापक सेयरधनीहरुका नाममा रहेको १ लाख १५ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न सक्न छन ।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

आवेदन काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र टंगालस्थित बैंकको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here