9.4 C
Nepal
Monday, January 20, 2025

एनआइसी एशिया लघुवित्तद्वारा लाभांश घोषणा

एनआइसी एशिया लघुवित्तले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनिलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार साँझ ५ बजे बसेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको १८८ औं बैठकले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २६ करोड ९ लाख १६ हजार बराबरको नगद लाभांश वितरण गर्नेछ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी छैठौँ वार्षिक साधारण सभाबाट पारित पछी सेयरधनिले यो लाभाम्स पाउनेछन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here