8.5 C
Nepal
Friday, January 17, 2025

२०.१४ लाख कित्ता अरुण काबेली पावरको सेयर लीलाम बिक्रीमा, न्यूनतम मूल्य १००

अरुण काबेली पावर लिमिटेडले आफ्नो २० लाख १४ हजार बढी कित्ता सेयर आजबाट लीलाम बिक्रीमा राखिएको छ।

कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म सतप्रतिशत हकप्रद सेयर खुलाउदा सेयरधनीहरुले खरिद नगरेको सर्वसाधारण समूहको कुल २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामी बिक्रिमा राखिएको हो ।

यस कम्पनिको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ , त्यसैले यो सेयर किन्न चाहनेले १०० वा सो भन्दा बढी मुल्य राखेर आबेदन दिनुपर्नेछ ।

यस कम्पनिको सेयर किन्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयर खरिद गर्न सकिनेछ ।

बोलपत्र काठमाण्डौको नक्सालस्थित नेपाल इन्भेस्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखाहरु विराटनगर (रंगेलीरोड), जलेश्वर (महोत्तरी), सातदोबाटो (ललितपुर), सूर्यविनायक (भक्तपुर), पोखरा (कास्की), कोहलपुर (बाँके), सुर्खेत र महेन्द्रनगर (कञ्चनपुर)मा पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक १४ गतेसम्म तोकिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here