24.4 C
Nepal
Monday, September 16, 2024

मारुती सिमेन्ट्सले प्रिमियममा आईपीओ ल्याउदै

मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने निर्णय गरेको छ।

यसका लागि कम्पनिले विशेष प्रस्ताव पारित गर्न आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीमा हाल कायम ३० लाख थान अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर वितरण गर्ने र त्यसपछि हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव राखिने छ , सोही सभाले यो प्रस्ताब पनि पारीत गर्नेछ ।

अग्राधिकार सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारीत गर्नेछ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here