17.8 C
Nepal
Wednesday, February 5, 2025

नयाँ स्टक एक्सचेञ्ज ल्याउन ५ अर्ब रुपैयाको चलखेल भईरहेको आरोप

सेयर मार्केटका एक लगानीकर्ता दीपेन्द्र अग्रवालले नयाँ स्टक एक्सचेञ्ज ल्याउन ५ अर्ब रुपैयाँको चलखेल हुँदै गरेको गम्भिर आरोप लगाएका छन् ।

नेपाल सेयरधनी संघको प्रथम वार्षिक साधरण सभामा बोल्दै अग्रवालले यस्तो आरोप लगाएका हुन । उनले धितोपत्र धितोपत्र बोर्ड अध्यक्ष हमालले लगानिकर्तालाई धोका दिईरहेको भन्दै भन्छन , ‘हमालले ब्रौकरेज फि कम गर्छु, हकहित रक्षा गर्छु भन्छन् तर त्यो काम आजसम्म भएको छैन । अव उनको कार्यकाल २ महिना मात्रै रहेको छ । उनले अब केही गर्नेवाला छैनन् हामी सतर्क हुनुपर्छ ।’

उनले ठूलाले नै नियामकसँग मिलेर इन्साइडिङ ट्रेडिङ गरेको आरोप लगाउदै भने, ‘यही कारणले अहिले ६० लाख लगानीकर्ता सडकमा पुगेका छन् । नयाँ स्टक एक्सचेञ्जमा चलखेल गर्नु भन्दा टीएमएसमा लगानी गर्न उपयुक्त हुन्छ ।’

कार्यक्रममा अर्का लगानिकर्ता छोटेलाल रौनियारले सेयर लगानीकर्ताले ३२००को बिन्दुबाट बजार झर्दा १८ खर्ब रुपियाँ गुमाएको बताएका छन्

नेपालको पुरानो सँस्था नेपाल धितोपत्र सँघका प्रकाश रजौरेले पनि पूँजीबारमा सवैतर्फबाट व्यवधान खडा भएकोले सबै लगानीकर्ता सजग र सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा प्राविधिक विश्लेषक बिष्णु प्रसाद बस्यालले टीएमएस र मेरो सेयरमा सिन्क्रोनाइज नहुँदा टी प्लस टु सेयर कारोबार गर्न समस्या भएको भन्दै भने, ‘बरु टी प्लस टू भन्दा पहिले आजको भोलि नै सेयर बेच्न मिल्थ्यो तर अहिले नमिल्ने अवस्था भयो ।’

सेयर लगानीकर्ता तिलक कोइरलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालै लगानीकर्ताहरुले हालेको मुद्दामा सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल सेयर धनी संघका उपाध्यक्ष कमलराज अधिकारीले नेपाल सेयर धनी संघ १० महिनामा नै हरेक वर्ष साधारण सभा गरेर नेतृत्व चयन गर्नेमा पहिलो बनेको र यसलाई सवैको साथ र सहयोग आवश्यक रहेका बताए ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here