नेपाली बजारमा सुनको मुल्य मंगलबार पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ४०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ।