25.2 C
Nepal
Wednesday, February 5, 2025

सानिमा इक्विटी फन्डको प्रतिफल इकाइधनीको बैंक खातामा

सानिमा इक्विटी फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको छ।

योजना व्यवस्थापक सानिमा क्यापिटलले आज एक सूचना प्रकाशित गरी सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७९–८०को नगद प्रतिफल सोमबार (असोज २२ गते)बाट इकाइधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको जनाएको हो ।

गत असोज १३ गतेसम्म कायम इकाइधनीहरुको डिम्याट खातामा उल्लेखित बैंक खातामा नगद लाभांश पठाउन सुरु गरेको हो ।

नियमानुसार लाग्ने कर कट्टा गरी आईपीएसमार्फत नगद लाभांश जम्मा गरिएको क्यापिटलले जनाएको छ।

नगद प्रतिफल जम्मा भए नभएको यकिन गर्न र डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न पनि क्यापिटलले आग्रह गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here