20.4 C
Nepal
Sunday, September 28, 2025

खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो ब्यवहार, राष्ट्र बैंकले लगानिकर्ताको घाँउमा नुन चुक छर्कियो- राधा पोख्रेलको धारणा

spot_imgspot_imgspot_img

Nepal Capital Market Investor’s Association कि अध्यक्ष राधा पोख्रेलले १२ करोडको सिमा परिवर्तन गरेर १५ र २० करोड पुर्याएको प्रती कडा शब्दमा प्रतिकृया दिएकी छिन । उनले राष्ट्रबैंकले लगानिकर्तालाई फेरी एकपल्ट जिस्क्याएको बताएकी छिन । उनले भनेकी छिन “लगानीकर्ता हरुलाई चर्याई रहेको घाँउमा राष्ट्रबैंकले थप नुन चुक छर्किएको छ ।”

उनले कतिपय बजारविरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्तालाई चारै तिर बाँट थिलथिलो बनाईएको बताएकी छिन ।

राष्ट्र बैंकले सेयर धितो कर्जाको क्याप संसोधन गर्दै व्यक्तिगततर्फ १५ करोड र संस्थागतलाई २० करोड कायम गरेको छ । राष्ट्र बैंकको चेपुवा नितीबाट थिलथिलो बनेको पुँजी बजारमा समय समयमा लिने निति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो ब्यवहार गर्ने गरेको छ ।

नेपालको सेयर बजार टुकुटुक हिँड्न थालेको समयमा नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाउँने गर्दा आमलगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्दै आएको छ ।

धेरै समय देखि राष्ट्रबैंकको नितिको मारमा रहेको सेयर बजारमा कतिपय बजारविरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्ता चारै तिर बाँट थिलथिलो हुदै गएको पुँजी बजारमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छदैछन् त्यस्को बाबजुद लगानीकर्ता हरुलाई चर्याई रहेको घाँउमा राष्ट्रबैंकले थप नुन चुक छर्किएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here