चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ।
सरकारले भने ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने लक्ष लिएको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत थियो।
विश्व बैंकको नेपालको आर्थिक वृद्धिको लागि सहज बातावरण बन्दै गईरहेको जनाएको छ। मौद्रिक नीति खुकुलो बन्दै जानु, पर्यटन क्षेत्रमा सुधार आउनु, आयातमा लागेको प्रतिबन्ध हट्नुले नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक हुने विश्व बैंकको बिस्लेषण रहेको छ।
विश्व बैंकले प्रतिबेदन सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने अनुमान गरेको छ।
आर्थिक बर्ष ०८०-८१ मा मूल्यवृद्धि भने ७.५ प्रतिशत पुग्ने विश्व बैंकले अनुमान गरेको छ। राष्ट्र बैंकले यो बर्ष ६.५ प्रतिशतमा मूल्यवृद्धि कायम राख्ने लक्ष्य राखेको छ।
दक्षिण एसियाको आर्थिक वृद्धिदर भने ५.८ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ।