प्रभु बैंकले आफ्नो ६ लाख ११ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ।
विभिन्न संस्थापक सेयरधनीहरुका नाममा भएको कुल ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
यो सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न सक्नेछन ।
सेयर खरिदका लागि ३५ दिनको समय दीईएको छ । यस अबधिमा इच्छुकले आबेदन दिईसक्नुपर्नेछ।
आवेदन काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला हुने बैंकले जनाएको छ ।