21.7 C
Nepal
Thursday, September 19, 2024

नेपालमा भारु १०० भन्दा ठूला नोट नचल्ने

नेपालमा भारु १०० भन्दा ठूला नोट नचल्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ (भारु) नोट सम्बन्धी गरेका ब्यबस्था अबगत गराउनका लागि आज एउटा सूचना सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार नेपालमा भारु १०० दरभन्दा ठूला दलका नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न पाईदैन ।

नेपाल भारत आवतजावत गर्दा अमेरिकी डलर ५ हजारबराबरको भारु (१०० वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन/लैजान मिल्छ । यदी योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने छ।

भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिनेछ। भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्ने व्यवस्था गरिएको छ।

कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here