20.7 C
Nepal
Thursday, September 19, 2024

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ सर्वसाधारणलाई असोज १८ बाट खुला हुँदै

माथिल्लो मैलुङ खोला जलविद्युतले सर्वसाधारणका लागि असोज १८ गतेदेखि आईपीओ जारी गर्ने निर्णय गरेको छ।

कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँको १५ लाख कित्ता आईपीओ सर्बसाधारणका लागि छुट्याएको थियो। त्यसको १० प्रतिशतले हुने १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

कम्पनिले ७५ हजार कित्ता सामूहिक लगानी कोषका लाग छुट्याएको छ , कुल कित्ताको ५ प्रतिसत हो ।

कम्पनिले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १ करोड २७ लाख ५० हजार कित्ता बाडफाड गरिसकेको छ भने स्थानिय बासिन्दाले नभरेको ९ हजार २०० कित्ता सर्वसाधारणलाई थप गरिएको छ । यसरी कम्पनिले कुल १२ लाख ८४ हजार २०० कित्ता बिक्री खुला गर्ने भएको छ ।

आबेदकले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने ब्यबस्था मिलाईएको छ । यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ निष्कासन बन्द छिटोमा असोज २२ गते र ढिलोमा कात्तिक २ गते बैंकिङ समयपछि हुनेछ।

यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here