8.1 C
Nepal
Sunday, December 22, 2024

राष्ट्र बैंकले रु. १३.८३ अर्बको नवीकरण गर्दै ३ अर्ब ट्रेजरी बिल जारी गर्ने

नेपाल राष्ट्र बैंकले१३ अर्ब ८३ करोड रुपैयाँको नवीकरण गर्ने निर्णय गरेको छ। त्यसका साथै बैंकले ३ अर्बको ट्रजरी बिल जारी गर्ने तयारी गरेको छ ।

केन्द्रीय बैंकले असोज १ गते ३६४ दिने ट्रेजरी बिल जारी गर्नेछ भने ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्नेछ ।

राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब ९३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ भने ३६४ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः पुस ३ गते, चैत १२ गते र २०८१ असोज १ गते परिपक्व हुनेछन्।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन पाउने यी ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट हुनेछ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमागत रुपमा बाँडफाँड गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here