भोजपुरको षडानन्द नगरपालिका-७ दनुवार गाउमा करोडौ पर्ने रुद्राक्ष लुटपाटको प्रयास भएको छ ।
हिजो राती लगभग ९ बजेको समयमा बन्दुक र बम बोकेर आएका अन्दाजी ७ जनाको नकावधारी समुहले बहुमुल्य २,३ मुखे र ज्वाला मुखदार फल्ने रुद्राक्षको वोट लुटपाटको प्रयास भएको हो ।
स्थानिय व्यावसायीहरु बुद्धसिं तामाङ् र प्रताप श्रेष्ठले ठेक्का लिएको रुद्राक्षको बोट घरेलु बन्दुक र बम सहित आएको समुहले लुटपाटको प्रयास गरेका थिए । उक्त समयमा बोट धनी धन वहादुर र उनकी श्रीमती जमुना मगर खाना पकाईरहेको बताईएको छ । उक्त समयमा आएर घरधनी नियन्त्रणमा लिन खोज्दा घरधनी चिच्याउदा होहल्ला भएपछी रुद्राक्ष रुङ्न भनेर बसेका ब्याक्ती आएर प्रतिकार गरेका थिए , प्रतिकार गर्दा लुटपाट गर्न आएका ब्याक्तीहरुले बन्दुक पट्काउन खोजेका थिए , तर समयमा बन्दुक नपड्केपछी उनिहरु त्यहाबाट भागेका थिए ।
घट्नास्थल देखि १ सय ५० मिटर पर एउटा मोवाईल र २ वटा सिम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लुटेरा को हुन भन्ने बारे पत्ता लगाइ सकेको छैन , तर अनुसन्धालाई तिब्रता दिएको छ ।
लुट्ने प्रयास भएको वोट अधिकांस दाना २,३ मुखे र ज्वामुखदार फल्ने विशेष रुद्राक्ष भएको वताईएको छ ।
केही बर्ष अघी पनि दिङलामै १ करोड भन्दा बढी पर्ने रुद्राक्ष बोट यसरी नै बन्दुक सहीत आएको टोलिले लुटपाट गरेको थियो , उक्त बोटमा लुटपाट गर्नेलाई अहिले सम्म पहिचान गरी कारबाही गर्ने काम हुन सकेको छैन ।