16.7 C
Nepal
Thursday, January 22, 2026

एनआरएनएले अब कम्पनी खोलेर सेयर बजारमा लगानी गर्न सक्ने, आइपीओ पनि निश्कासन गर्न पाउने

spot_imgspot_imgspot_img

गैरआवासीय नेपालीहरुले सेयर बजारमा लगानी गर्नका लागि कम्पनी खोल्न सक्ने भएका छन । गैरआवासीय नेपालीले नेपाल सरकारसँग मिलेर छुट्टै इन्भेष्टमेन्ट कम्पनी खोल्न पाउने ब्यबस्था ब्यबस्था गरिएको हो । त्यसरी खोलेको कम्पनिले आइपिओ निस्कासन गर्न पनि पाउने छ ।

त्यस्तो आइपीओ खरीद तथा कारोबार गैरआवासीय नेपालीबिच मात्र हुनेछ ।

अर्थ मन्त्रालयले धितोपत्र दर्ता तथा निश्कासन नियमावलीमा सातौं संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

पूर्वाधारसम्बन्धी परियोजनाहरुमा शेयर, बण्ड र डिवेञ्चरमा लगानी गर्नेगरी नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनीले राष्ट्रबैंकको स्वीकृति लिई कारोबार गर्न पाउनेछ । त्यस्तो कम्पनिमा विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र पाएका गैरआवासीय नेपालीकाले मात्र लगानी गर्न पाउनेछ्न ।

‘यसप्रकारको विदेशी मुद्राको सेयर, बण्ड र डिवेञ्चरमा लगानी गर्ने गरी निश्कासन गरिएको धितोपत्रको कारोबार विदेशी नागरिकताप्राप्त वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिप्राप्त गैरआवासीय नेपालीबीच मात्र हुनेछ ।’–मूल नियमावलीको दफा ९ को नियम ४१(ख)मा संसोधन गर्दै भनिएको छ ।

हेर्नुस्, सातौं संसोधन :

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here