9.4 C
Nepal
Monday, January 20, 2025

शानदार ब्याटिङ गर्दै भारतलाई नेपालले दियो २३१ रनको लक्ष्य

नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गर्दै नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । । टस हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो ।

यस खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए भने ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौका सहीत ५८ रन बनाए ।

दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछानेको साझेदारीमा अलराउण्डर सोमपाल कामीले दुई छक्का र एक चौका सहित ४८ रन जोड्दै महत्वपूर्ण इनिङ खेले ।

ओपनर कुशल भुर्तेलले ३८ रन , दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमा आउट भए ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here