19 C
Nepal
Monday, January 13, 2025

२० अर्ब विद्युत महसुल नतिरेपछी सार्वजनिक सुचना, १५ दिनमा नतिरे कडा कारबाही

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्नेहरुका लागि १५ दिनभित्र तिर्नु भन्दै सार्वजनिक सुचना निकालेको छ । मिलेमतो गरी चौबीसै घण्टा बिजुली लिने तर महसुल पनि नतिर्ने उद्योगी व्यापारीलाई बिध्युत प्राधिकरणले कारबाहिको चेतावनी दिएको छ ।

‘महसुल नतिर्न पाउनुपर्ने’ भन्दै अदालत पनि उनिहरुले मुद्धा दायर गरेको भएतापनी अदालतले उनिहरुको बिपक्षमा फैसला सुनाएपछी प्राधिकरणले आज (आइतबार) महसुल तिर्न सार्वजनिक सूचना जारी गरिदिएको हो ।
प्राधिकरणका अनुसार झण्डै दशक अघिदेखि डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका, तर महसुल नतिरेका ग्राहकको संख्या ६७ भन्दा बढीले २० अर्ब रुपैयाँभन्दा बढी महसुल बुझाउन बाँकी छ ।

सूचनामा अनुसार १५ दिनभित्र अर्थात् असोज १ गतेसम्म उद्योगी/व्यापारीहरूले २० अर्ब रुपैयाँभन्दा बढी विद्युत महसुल बक्यौता नेपाल विद्युत प्राधिकरणलाई बुझाईसक्नु पर्नेछ ।

उक्त समयभित्र महसुल नबुझाएमा प्राधिकरणले विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० मा उल्लेखित प्रावधान बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । ‘मिटर रिडिङ्ग गरेको ६०औं दिनसम्म विद्युत महसुल नवुझाएमा बिना सूचना जनुसुकैसमयमा पनि विद्युत लाईन काटिनेछ,’ भन्ने नियम भएपनी राजनैतीक आड र अदालतमा बिचराधिन मुद्धा रहेको भन्दै हालसम्म महसुल नतिरी बिजुली चलाइरहेकाहरुले अब महसुल तिर्नु पर्ने नत्र कारबाहीमा पर्ने अवस्था आएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here