20.3 C
Nepal
Friday, September 20, 2024

माण्डु हाइड्रोपावरको आईपीओ पहिलो दिनै ओभरसब्सक्राइब्ड

माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ पहिलो दिनै करिब २ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले आज भदौ १० गतेदेखि सर्वसाधारणका लागि अङ्कित मुल्यमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी प्रिमियममा कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला हो ।

सीडीएससीका अनुसार हिजो साँझसम्म २ लाख १५ हजार ८४० आवेदकबाट २४ लाख ८ हजार ९९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.९९ गुणाले बढी हो।

यो आईपीओ अब गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

यो आईपीओको निष्कासन बन्द भदौ १३ गते हुनेछ। माण्डु हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here