हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.५२ प्रतिशत बढी हो।
समीक्षा अवधिमा कम्पनीको सम्झौताबाट आम्दानी १६८.२५ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ४०.६० प्रतिशत बढेको छ। कम्पनिको लाभाम्स आम्दानी भने घटेको देखिन्छ ।
कम्पनीले गत असार मसान्तसम्ममा जलविद्युत परियोजनाहरुमा ९ अर्ब २८ करोड ऋण प्रवाह गरेको देखिन्छ । निजी क्षेत्रबाट प्रबद्र्धित जलविद्युत परियोजना तथा कम्पनीहरुमा कम्पनीले ३ अर्ब २३ करोड स्वपूँजी लगानी गरेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.२७ गुणा रहेको छ।
यस कम्पनीको जगेडा कोषमा १ अर्ब ९१ करोड २६ लाख रुपैयाँ सञ्चित छ।