20.5 C
Nepal
Monday, September 16, 2024

लिबर्टी इनर्जीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने – पायो स्वीकृती

लिबर्टी इनर्जी कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ। आयोगको साउन १५ गते बसेको बैठकले यस कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो।

कम्पनीले हकप्रद सेयर स्वीकृतीका लागि गत साउन ८ गते आयोगमा कागजपत्रसहितको निवेदन दिएको थियो।

कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको हो ।

अब कम्पनीले ७५ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्नेछ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here