13.3 C
Nepal
Monday, March 24, 2025

नेप्सेमा एनएमबि बैंकको रु. ४ अर्बको ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबि बैंकको ४ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत भएको छ। 

‘एनएमबि डिबेन्चर–२०८९–९०’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार अंकित दरका कुल ४० लाख इकाइ सूचीकृत भएको छ। 

एनआईबिएल एस क्यापिटमार्फत यो ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। 

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्। 

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here