मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी मुक्तिनाथ म्युचुअल फण्ड १ लाई नेपाल धितोपत्र बोर्डले आईपीओ निश्कासनको अनुमति दिएको छ ।
मुक्तिनाथ विकास बैंक लिमीटेड कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल लिमीटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ ले इकाईहरु जारी गर्न अनुमती पाएको हो ।
प्रतिइकाई अंकित मूल्य रु.१० दरको १० करोड इकाईले हुने कुल रु.१ अर्ब रकम बराबरको निष्काशन गर्नका लागि स्वीकृति दिइएको हो ।
कुल योजनाको आकारमध्ये रु.१५ करोड रकमबराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको रु.८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाई मात्र सार्वजनिक निष्काशन हुनेछ ।
यो दश वर्षे अवधिको बन्दमुखी योजना हो ।