22.2 C
Nepal
Wednesday, October 16, 2024

गुराँस लघुवित्तले आज साधारण सभा गर्दै, लाभांश पारित गरिने

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा आज आया्जना गर्दैछ । संस्थाको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आज धनकुटाको हिलेमा रहेको होटल कान्जिरोवामा बिहान ९ बजेदेखि सभा सुरु हुनेछ ।

उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here