12.4 C
Nepal
Friday, November 14, 2025

वर्ल्डलिंकले महिनामै गुमायो १८ हजार ग्राहक

spot_imgspot_imgspot_img

एक महिनामै १८ हजारभन्दा बढी ग्राहक इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले गुमाउन पुगेको छ। इन्टरनेट सेवा प्रदायकमध्ये सो सबै भन्दा ठुलो ग्राहक सङ्ख्याको गिरावट हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआइएस रिपोर्टअनुसार वर्ल्डलिंकले एक महिनामा रेकर्ड राख्ने गरी ग्राहक गुमाउन पुगेको हो ।

रिपोर्टअनुसार २०७९ चैतसम्म वर्ल्डलिंक ग्राहकसंख्या ७ लाख ७१ हजार ४ सय ६२ थियो तर २०८० वैशाखसम्म आइपुग्दा १८ हजार ८ सय ८९ ग्राहक गुमाउँदै ७ लाख ५२ हजार ५ सय ७३ ग्राहक मात्र उक्त कम्पनीसङ्ग छ ।

त्यस्तै गरी चैतसम्म २ लाख ४० हजार ६ सय ६८ ग्राहकसंख्या रहेको डिसहोमले एक महिनामा ११ हजार २२ ग्राहक कमी भएका छन । बैशाखमा २ लाख २९ हजार ६ सय ४६ ग्राहक मात्र उक्त कम्पनीसँग रहेका छन । त्यस्तै चैतसम्म २ लाख ८७ हजार १ सय ९० ग्राहक रहेको नेपाल टेलिकमसँग बैशाखमा ७ लाख ५२ हजार ५ सय ७३ ग्राहक छन ।

त्यस्तै सोही अबधिमा सुबिसुले ४ हजार ७ सय ५९ र ब्रोडलिंकले २ हजार ५ सय ९६ ग्राहक गुमाएका छन्। साथै, यस अवधिमा वेब सफरले ५ हजार ३ सय १२ ग्राहक थप गर्न सफल भएको छ भने सिजी नेटले ४ सय ८२ नयाँ ग्राहक थपेको छ। यसैगरी भायानेट, क्लासिक टेक र टेक माइन्ड्सको ग्राहक सङ्ख्या स्थिर रहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here