23.7 C
Nepal
Friday, September 20, 2024

डिप्रोक्स लघुवित्तको नाफा ३२.७७ % ले घट्यो, ईपीएस २३ रुपैयाँ

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

कम्पनिले अघिल्लो बर्षाको तुलनामा ३२.७७ प्रतिशत कम ३७ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको नाफा घटेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.२८ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ५.९६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३३.३० प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ६६ करोड २१ लाख रुपैयाँ रहेको छ। लघुवित्तको प्रतिशेयर वितरणयोग्य मुनाफा १६ रुपैयाँ १० पैसा रहेको छ।

लघुवित्तको निष्क्रिय कर्जा ४ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेर १० करोड ६५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८९ पैसा घटेर २३ रुपैयाँ ९८ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ ८७ पैसा रहेको छ।

त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.४५ गुणा रहेको छ।

१ अर्ब ५५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ सञ्चित छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here