27.1 C
Nepal
Tuesday, October 22, 2024

प्रचण्डविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथिको रिटमा आज सुनुवाई हुने भएको छ । सुनुवाईका लागि हिजो पेशी तोकिएको उक्त रिट ‘हेर्न नभ्याइने’मा परेको थियो 

उक्त रिट आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको हो । प्रचण्डले २०७६ साल माघ १ गते माघीको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनयुद्धसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता ज्ञानेन्द्र आरन, कल्याण बुढाथोकी लगायत २८ जनाले प्रचण्डलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश माग गर्दै रिट निवेदन दिएका थिए ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here