20.6 C
Nepal
Thursday, September 19, 2024

नेपालको राष्ट्रिय अस्मिता कमजोर भयो,रास्ट्रिय सहमतिको सरकार बनाऔ : महासचिव गुरूङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले दलहरू आफ्नै स्वार्थमा केन्द्रित हुँदा देशको राष्ट्रिय अस्मिता कमजोर बन्दै गएको बताएका छन ।

बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको एक कार्यक्रममा बोल्दै महासचिव गुरूङले दलहरू आफ्नै स्वार्थमा केन्द्रित हुँदा देशको राष्ट्रिय अस्मिता कमजोर बन्दै गएको बताएका हुन्

उनले भने, ‘हाम्रा महत्वाकांक्षीहरू, कमीकमजोरीलाई महत्वकांक्षीका रुपमा बढाउँदै लैजाने, पद प्रतिष्ठाको लागि बढाउँदै लैजाने, राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुने र एकले अर्कोलाई बिस्थापित र निषेध गर्नेकुरा हाबी भयो। यसले नै नेपालको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयो। त्यसैले हामीले राष्ट्रिय सहमति भनिरहेका छौँ। त्यसको विकल्प छैन, सकिन्छ। सरकार पनि राष्ट्रिय सहमतिले बनाउनुपर्छ। सकिएन भने विकास निर्माणलगायतका मुख्य मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ।’

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here