23.7 C
Nepal
Friday, September 20, 2024

विश्वकप छनोटमा सम्भावना कायम राख्न जित निकाल्नै पर्ने -आज अमेरिकासँग भिड्दै नेपाल

आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट खेल जारी छ । आफ्नो दोस्रो खेल आज नेपालले अमेरिकासँग खेल्नेछ ।
आजको खेल जिम्बावेको राजधानी हरारेको ताकासिंगा क्रिकेट क्लबमा नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ।

पहिलो खेलमा नेपालले जिम्बावेसंग हार बेहोरेको थियो भने .अमेरिकाले वेस्ट इन्डिजसँग हारेको अवस्था छ । दुबैको विश्वकपको सुपर सिक्सकोआशा कायम राख्न जित्नै पर्ने अवस्थामा छन्। आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। वेस्ट इन्डिज दुई पटकको विश्व विजेता भैसकेको टिम हो। तेस्तै समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here