25.5 C
Nepal
Monday, September 29, 2025

सेयर लगानीकर्ताको एउटै ‘महासंघ’ खोलिने – अनलाइन भोटिङबाट नेत्रित्व

spot_imgspot_imgspot_img

एउटै ‘महासंघ’को अभाबमा लगानिकर्ताको माग सुनुवाईमा समस्या भएको भन्दै सेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रिया अगाडि बढेको छ।

काठमाण्डौको कमलपोखरीमा सोमबार भएको लगानीकर्ताको भेलाले महासंघ गठनको प्रक्रिया अगाडि बढेको छ। सो कामका लागि छलफल र वार्ता गर्न समिति गठन गरिएको छ।

सक्रिय लगानीकर्ता तिलक कोइरालाका अनुसार रोहन कार्कीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो। समितिका सदस्यहरुमा सुुवासचन्द्र भट्टराई, केशव कोइराला, नयन बास्तोला, नानीबाबु खरेल र एसपी चौलगाईं छन्।

समितिले महासंघ गठनका लागि हाल दर्ता रहे र नरहेका लगानीकर्ताका संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल र वार्ता गर्नेछ।

महासंघ निर्माणका लागि सबै संघसंस्थाका अध्यक्षहरुलाई सहमति गराएपछि अर्को भेलाबाट महासंघको नाम र कार्यसमिति घोषणा गर्ने सहमति भएको कोइरालाले जानकारी दिए।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here